• २०८० फाल्गुन १० गते बिहिवार

बाँके ट्राफिकद्धारा १५७ जना सवारी चालकहरुको स्वास्थ्य परीक्षण

पढ्न लाग्ने समय : २ मिनेट
  •  सागर थापा/महेन्द्र सिंह

मंसिर ११ ,बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले र मध्यपश्चिम क्षेत्रिय प्रहरी अस्पताल नेपालगन्ज बाँकेले सयुत्त रूपमा सवारी चालकहरुको स्वास्थ्य परीक्षण गरेको छ ।

दुर्घटना न्युनिकरण गर्नै उदेश्यका साथ बुधबार बाँके जिल्लाको राप्ती सोनारी गाउ पालिका -९ स्थित ढकेरीमा पुर्ब पश्चिम राजमार्ग सडक खण्डमा चल्ने लामाो तथा छोटो दुरीका सवारी साधनका चालक तथा परिचालक र यात्रुहरुको स्वास्थ्य परिक्षण गरी औषधि बितरण गर्दै मध्यपश्चिम् क्षेत्रिय प्रहरी अस्पतालका प्रमुख प्र.ना.उ.डा.बोध बिक्रम कार्की सहित जिल्ला ट्राफिक बाँकेका ट्राफिक प्रमुख पबिन्द्र बमको सयुत्त टाेलिले सडकमा सवारी दुर्घटनाको कारणमध्ये चालकको स्वस्थ्य अबस्था मानिएको हुँदा १५७ जना सवारी चालक र सहचालक चेकप र ८७ जनालाई औषधीहरु पनि वितरण गरिएको थियो साथै नियमितरुपमा चालकहरुको स्वास्थ्य परीक्षणको कार्यक्रम राखीएको बाँके ट्राफिक प्रमुख बमले बताएका छन ।

“थकान, आलस्यता, कमजोर साईट भिजन, ब्लड प्रेसर जस्ता समस्याहरुले चालकहरु यात्रामा दवावामा आउदछन चालक को स्वास्थ्य अबस्थाले सम्भाबित दुर्घटना हुने तर्फ पुर्व सचेतना अपनाउँदै स्वस्थ्य आनी बानी अपनाउन चालकहरुलाई उत्प्रेरणा दिन कार्यक्रम उत्पादनमूलक भएको गाडी चालकहरु भनाई छ । यसै बिच जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले ट्राफिक नियमको पुर्णतःपालना गर्न र दुर्घटना बाट बच्न र बचाउन सार्वजिनक अपिल गरेको छ ।

“नजर हट्यो, दुर्घटना घट्यो” भन्ने तर्फ सबैलाई ध्यान दिन र जन तथा धनको क्षति रोक्न स्वयं चालकहरुनै सचेत हुनुपर्नै जिल्ला ट्राफिक प्रहरी बाँके र मध्यपश्चिम क्षेत्रिय प्रहरी अस्पताल नेपालगन्जको सयुत्त अनुरोध छ । ‌‍‍‍‍‌‌‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‌‌सडकको अवस्था, चालकको स्वास्थ्य समस्या, ट्राफिक नियम उल्लंघन गर्नै बानी, मापासे गरी सवारी चलाउने, ट्राफिक सचेतनामाकमीका कारण बर्षैनी सयौले सवारी दुर्घटनामा ज्यान गुमाउनु परीरहेको भयानक तथ्य लाई नजर अन्दाज नगर्न समेत बाँके ट्राफिक प्रमुख पबिन्द्र बमले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस