• २०८२ बैशाख ६ गते शनिवार

हुम्लामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ११,  हुम्ला  । हुम्लामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सिमिकोट-७ लाक्नामा लु४ख ३२६९ नम्बरको टिपर सडकबाट तल खस्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुर्घटनामा अन्य छ जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

मृतक तथा घाइतेहरूको उद्धार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस