• २०८१ चैत्र २ गते आइतवार

लिम्पियाधुरा सम्म नेपालको सीमा कायम गर्न माग गर्दै मन्त्री अर्याललाई ज्ञापनपत्र

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर, ११ काठमाडौँ । सरोकारवालाहरूले सुगौली सन्धिको आधारमा लिम्पियाधुरासम्म नेपालकी सीमा रहेको ऐतिहासिक तथ्य प्रमाणसहित तत्काल नक्सासहित श्वेतपत्र जारी गर्न भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

आज सीमा बचाउ राष्ट्रिय अभियान नेपालले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याललाई ज्ञापनपत्र र नक्सा हस्तान्तरण गर्दै सरकारको ध्यानाकर्षण गराएको हो।

उक्त अवसरमा अभियन्ताहरूले नेपाल सरकारले देशव्यापी रुपमा त्यसको विवरण तथा विदेशमा रहेका नियोग तथा नेपालका मित्रराष्ट्रसमेतलाई नक्सा उपलब्ध गराउन आग्रह गरेका छन् । उनीहरूले भारतले निकालेको नक्साप्रति औपचारिक रूपमा विरोध जनाएर नक्सा सच्याउन आग्रह गरेका छन् ।

कार्यक्रममा बोल्दै मन्त्री अर्यालले अभियन्ताहरूले बुझाएका प्रमाण, तथ्यहरूलाई प्रधानमन्त्रीलाई बुझाउने जानकारी दिदै भनिन, ‘हामीले प्रमाणहरू जुटाएका छौँ । तपाईँहरूसँग पनि महत्वपूर्ण प्रमाणहरू छन् त्यो अपेक्षा गरेका छौँ । यही अभियानमा हामी छौँ । हामी यथेष्ट प्रमाण जुटाउने क्रममा छौँ, ‘सरकारका तर्फबाट के भयो भन्ने कुरा तपाईँहरूले देख्नुभएको छ । सरकारले प्रक्रिया सुरु गरिसकेको छ ।’

प्रतिक्रिया दिनुहोस