मंसिर, ११ काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अस्पताल पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यबारे जानकारी लिएका छन् ।
सभापति देउवाले मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेर चिकित्सकहरुसँग प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे चासो राख्दै डाक्टरहरु र प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाजसँग भेटी स्वास्थ्य अवस्थाबारे जानकारी लिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् ।
प्रधानमन्त्री ओलीको मंगलबार मात्र एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो । प्रेस सल्लाहकार थापाकाअनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्यमा गुणात्मक सुधार आएको छ ।