- गोबिन्द पौडेल, रोङ
कातिक १०, इलाम । रोङ गाउपालिका वडा नं ६ को कुवापानी टोलमा आज एक कार्यक्रमको साथ गाउघर क्लिीनिक भवन र बिजुली बत्तीको समेत उत्घाटन गरिएको छ । हालसम्म नागरीकहरुले गाउमा सामान्य स्वास्थ्य सेवा र खोपकेन्द्र पनि नभएको बेलामा दीपावली पर्ब तथा महाकबि लक्ष्मीप्रसाद देबकोटाको १ सय ११ औ जन्म जयन्तिको अवसरमा गाउघर क्लिनीकको भवनमा बिजुली बत्ती बालेर आधारभुत सेवा बिजुली र भवन दुबैको रोङ गाउपालिकाका प्रवक्ता समेत रहेका वडाध्यक्ष मनिकुमार तामाङले उद्घाटन गरेका हुन् ।
हालसम्म टोलमा प्रदान गरिने खोपसेवा महिला स्वास्थ्य स्वयंसेबिका मिरा राइको घर आगनमानै संचालन गरिदै आएको र भवन अभाव रहदा सुत्केरी गर्भबती र वालबालिकाहरुलाइ असहज भएको थियो । भवन निमार्णको लागि स्थानिय शिक्षक राजबहादुर राइ, उनका दाजु जगत बहादुर राइ र चन्द्रकिशोर राइले करिव ४ लाख मुल्य बराबरको ४ रोपनि जग्गा निशुल्क दिएपछि रोङ गाउपालिका र स्थानिय बासीहरुको सहयोगमा ६ लाख रुपैयाको लागतमा भवन निमार्ण गरिएको वडा सदस्य बिक्रम राइले बताए । यता सोहि टोलमा हालसम्म बिजुली बत्ती समेत नरेको अवस्थामा गाउपालिकाको सहयोगमा बिजुलि बिस्तारगरि आजबाटनै बाल्न थालिएको छ । आजबाटनै बिजुली बत्ती बलेपछि बषैदेखीको अध्यारो लागेको तिहार साच्चै दीपहरुको पर्व बनेको स्थानिय बलराम बिकले बताए । आजबाट कुवापानी लिम्बुगाउ, फाकफोकटार, लामीटार आसपासमा बिजुली बालिएको भएपनि अझै टोलका केहि स्थानहरुमा बाकी रहेकोले यसै बर्ष भित्र बालिने योजना रहेको र कामले निरन्तरता पाइरहेकोले वडाध्यक्ष मनिकुमार तामाङले बताए ।
महाकबि लीक्ष्म प्रसाद देबकोटाले नेपाली साहित्मा पुर्याएको योगदानको बारेमा प्रकाश कुलुङ।बलाराम बिक शिक्षक दिपेन राइ लयायतले चर्चा गरेको र वडाध्क्ष मनिकुमार तामाङको प्रमुख आतिथ्यता, मवन निमार्ण समितिका अध्यक्ष तथा महिला स्वयंसेबिका मिरा राइको अध्क्षतामा भएको सो कार्यक्रमको संचालन युवराज राइले गरेका थिए ।