• २०८२ बैशाख ६ गते शनिवार

बसपछि सुन्दर यातायातले विद्युतीय ट्याक्सी चलाउने,भाडा ३० प्रतिशत सस्तो

पढ्न लाग्ने समय : १ मिनेट

असोज १०, काठमाडौं । काठमाडौंमा विद्युतीय बस सञ्चालन गरिरहेको सुन्दर यातायातले ट्याक्सी सेवा पनि सुरु गर्ने भएको छ। सुन्दर यातायात प्रालीले काठमाडौंमा विद्युतीय ट्याक्सी सेवा सञ्चालन गर्ने भएको छ ।

तिहारपछि १५ ओटा विद्युतीय ट्याक्सी चलाउने तयारी थालिएको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए ।

‘दशैंपछि ट्याक्सी आइपुग्छ होला । प्राविधिक परिक्षण सकेर तिहारपछि ट्याक्सी संचालन गर्ने तयारी छ,’ उनले भने ।

सुन्दरका ट्याक्सीमा भाडा अरु ट्याक्सी भन्दा ३० प्रतिशत सस्तो हुने उनले जानकारी दिए ।

‘हाम्रो ट्याक्सीमा खर्च निकै कम छ । फुल चार्ज गर्न ४ सय ५० रुपैयाँको बिजुली लाग्छ र यसबाट २ सय ५० किलोमिटर यात्रा गर्न सकिन्छ । त्यही भएर हामीले यात्रुसगँ कम पैसा लिन खोजेका हौ,’ उनले भने ।

यी ट्याक्सी होम चार्जिङमा चार्ज गर्न ३ घण्टा लाग्ने र फास्ट चार्जिङमा डेढ घण्टामा फुलचार्ज हुने थापाले जानकारी दिए ।

सुन्दर यातायातले हाल २ विद्युतीय बसबाट काठमाडौंमा सेवा दिइरहेको छ।

प्रतिक्रिया दिनुहोस