• २०८१ माघ २६ गते शनिवार

सल्यानमा पिकअप भ्यान दुर्घटनामा एकको मृत्यु, ६ जना घाइते

पढ्न लाग्ने समय : १ मिनेट

असोज १०, सल्यान । सल्यानमा पिकअप भ्यान दुर्घटनामा एकजनाको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् । कपुरकोट गाउँपालिका–४ किमिचौरस्थित सडकमा लु १ च ४१५३ नम्बरको पिकअप भ्यान अनियन्त्रित भई दुर्घटना भएको हो ।

प्रहरीका अनुसार सल्यान कपुरकोट गाउँपालिका–४ किमिचौर बस्ने ६७ वर्षीय कर्मी पुनको मृत्यु भएको छ । भ्यान बाटोबाट करिब २५ मिटर तल खसेर दुर्घटना हुँदा गम्भीर घाइते भएका पुनको अञ्चल अस्पताल तुल्सिपुर दाङमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका अन्य ६ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस