• २०८२ बैशाख ४ गते बिहिवार

काम नगर्ने मन्त्री हटाउने प्रमकोे चेतावनी

पढ्न लाग्ने समय : १ मिनेट

आश्विन १० काठमाडौँ,।प्रधानमन्त्री ओलीले बिहीबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा साउनयता सरकारका विभिन्न मन्त्रालयबाट भएका कामको प्रगतिविवरण जानकारी लिने क्रममा साना–मसिना काममा अल्झिएर राष्ट्रिय गौरवका आयोजनाहरु पूरा गर्न आलटाल गरे विभागीय मन्त्रीलाई पदबाट हटाउने चेतावनी दिएका छन ।

योजनअनुसार काम नगर्ने र नगराउने मन्त्रीलाई हटाउने चेतावनी दिएका हुन् ।प्रधानमन्त्री ओलीले सामाजिक, आर्थिक विकासमा प्रभाव पार्ने गरी केही मन्त्रालयले काम गर्न नसकेको भन्दै असन्तुष्टि पनि पोखे ।कामको समिक्षा गर्दै देश र जनताको चाहना अनुसार ल्याइएको योजना समयमै सम्पन्न गर्नेतिर लाग्न मन्त्रीहरुलाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस