• २०८१ माघ २६ गते शनिवार

भक्तपुरमा टिपरको ठक्करबाट १ जना घाइते

पढ्न लाग्ने समय : १ मिनेट

आश्विन १० भक्तपुर, । बिहीबार राति भक्तपुर सुर्यविनायक नगरपालिका–८ जगातीमा बा २ क ५१६३ नम्बरको टिपरले बा ४० प ९२८९ नम्बरको मोटरसाइकल ठक्कर दिँदा काभ्रेको नमोबुद्ध–१५ स्थायी घर भई हाल भक्तपुर बस्ने २० बर्षीय आशिष लामा घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते भएका लामाको इवामुरा अस्पताल सल्लाघारीमा उपचार भैरहेको छ भने टिपर चालकलाई महानगरीय प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस