भदौ १०,रोल्पा । थवाङ गाउँपालिकाले पन्ध्र शैयाको अस्पताल निर्माण गर्ने पहल थालेको छ ।
गाउँ कार्यपालिकाको सोमवार बसेको ३४ औं बैठकले अस्पताल स्थापनाका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वीकृति र भवन माग गर्ने निर्णय गरेको छ ।
थवाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्तिको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले विभिन्न ७ बुदामा रहेका प्रस्तावहरुलाई कार्यपालिकाको बैठकबाट पास गरेका छ ।
गाउँपालिकाको कार्यलयमा बसेको बैठकमा पहिले प्रस्तावमा खोलाको ढुङ्गा,गिट्टी,बालुवाको ठेक्का दिने,दोस्रो प्रस्तबमा जलजला पुजापाठ तथा मेला व्यवस्थापनको ठेक्का सुचना, तेस्रो प्रस्ताबमा १५ शैया अस्पताल स्वीकूत तथा भवन माग,चौथो प्रस्ताबमा अनुपस्थित जनप्रतिनिधि को सम्बन्धमा पाचौं प्रस्तावमा करार कर्मचारीको तलव बृृदि छैटौ प्रस्तावमा रिक्त कार्यलय सहयोगी पदपुर्ति र साथै प्रस्ताबमा शैक्षिक अनुदान कोटाका शिक्षक सम्बन्धमा प्रस्ताव पेश गरेको थियो ।
उक्त पस्तावहरुलाई गाउँकार्यपालिकको बैठकबाट निर्णय गरि सर्बसहमत प्रस्ताबहरु पास गरेको छ ।
कार्यपालिकाको बैठक बाट थवाङ गाउँपलिकाको थबाङ खोला, उवा खोला र मिरुल खोलामा ढुङ्गा,गिट्टी,बालुवा उत्खनन् तथा वितरणको लागि ठेक्का आव्हान गर्न राष्ट्रिय पत्रपत्रिकामा सुचान दिन , जलजला पुजापाठ तथा व्यवस्थापनको ठेक्का आव्हान गर्दा न्युनतम अङ्क रु ७,००,००० ९अक्षरुपी सात लाख मात्र० सुचना प्रकाशित गर्ने निर्णय गरेको छ ।
त्यस्तै २०७५ पुस देखि कुनै पनि बैठकमा उपस्थित नभएका जनप्रतिनिधिहरु क्रमश लकअप बुढा वडा नं १ वडा सदस्य ,विक्रम रोका वडा नं ५ वडा सदस्य र राम प्रसाद विक कार्यपालिका सदस्यलाई २०७५ साउन १ गते देखि सेवा सुविधा राक्का गर्ने , गाउँपालिकबाट करार सेवामा नियुक्त भएका स्वास्थ्य सेवा, कृषि तथा पशु सेवा र वडा कार्यलय सहयोगी, गाउँपालिका कार्यलय सहयोगी कर्मचारीहरुलाई खाइपाई आएको तलबमा २० प्रतिशत बृद्धि गर्ने निर्णय पनि बैठकले गरेको छ ।
त्यस्तै ४ नं वडा कार्यलय घोराबाङ उवा, सामुदायिक स्वास्थ्य ईकाइ केन्द्र भित्रिवन मिरुल र २ नं वडा कार्यलय, थबाङमा कार्यलय सहयोगी करार सेवामा नियुक्त गर्नको लागी गाउँ कार्यपालिकाको कार्यलयलाई निर्देशन गर्ने सो प्रकियाको लागि गाउँ कार्यपालिकाको कार्यलयलाई जिम्मा दिने र गत आर्थिक वर्ष २०७५/०७६ का शैक्षिक अनुदान कोटामा कार्यरत शिक्षकहरुको अन्य व्यवस्था नभएसम्म आर्थिक वर्ष २०७६/०७७ का लागि करार सेवा निरन्तरता दिने जस्ता निर्णयहरु कार्यपालिकाको बैठकबाट पास गरिएको छ ।