• २०८१ जेष्ठ ५ गते शनिवार

इलाका प्रशासन कार्यालय घर्तिगाउमा कार्यालय प्रमुखलाई स्वागत

पढ्न लाग्ने समय : १ मिनेट
  • बुद्धिमान वली 

भाद्र १०,रोल्पा । गत चैत्रदेखि खाली रहेको इलाका प्रशासन कार्यालय घर्तिगाउ रोल्पामा कार्यालय प्रमुख ऋषिराम सुवेदीलाई स्वागत गरिएको छ ।

लामो समय कार्यालयमा कार्यालय प्रमुख नहुदा नागरिकता वितरणको काम हुन नसकेकोमा गत महिना माडी गाउँपालिकाबाट गाउँपालिकाका प्रतिनिधि,राजनैतिक दल, पत्रकार लगायतको एक टोली गृह मन्त्रालय पुगेर प्रशासन प्रमुखको माग गरिएको थियो । सोही अनुरुप मालपोत कार्यालय कास्कीका अधिकृत ऋषिराम सुवेदीलाई गृहमा लिएर शाखा अधिकृतको रुपमा इलाका प्रशासन कार्यालय घर्तिगाउमा पठाएको हो ।

पश्चिम रोल्पाका साविकका २० वटा गाविसलाई सेवा दिने हेतुका साथ स्थापित प्रशासन कार्यालयमा अवदेखि अवरुद्ध रहेको नागरिकता वितरण कार्य समेत सुचारु हुने भएको छ । आजको स्वागत कार्यक्रममा माडी गाउँपालिका अध्यक्षसहित गाउँपालिकाको टोली,नेपाल कम्युनिष्ट पार्टी नेकपा माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्ती, जिल्ला सदस्य प्रेम बहादुर घर्ती,नेपाली कङ्ग्रेसका जिल्ला सदस्य टेक बहादुर बिक, बजार व्यवस्थापन समिति अध्यक्ष कमल घर्ती,रेडियो माडी आवाज घर्तिगाउका स्टेशन म्यानेजर बुद्धिमान वली,लेखापढी कानुन व्यवसायी शेर बहादुर बुढा लगाएको उपस्थिति रहेको थियो ।

स्वागत कार्यक्रममा वोल्दै शाखा अधिकृत सुवेदीले सम्पुर्णको सहयोगको अपेक्षा गर्दै लामो समय रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस