भदौ १०, नुवाकोट । सोमबार विद्यालयबाट फर्कदै गर्दा नुवाकोटको किस्पाङ गाउँपालिका–१ भाल्चेका सरोज घलेलाई खोलाले बगाएर बेपत्ता बनाएको छ ।फिकुरीस्थित प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक महानन्द यादवका अनुसार सोमबार किस्पाङ–३ स्थित होलिभिजन पब्लिक बोर्डिङमा अध्ययनरत ३ विद्दार्था मध्ये ९ वर्षीय घलेलाई जानगन्दो खोलाले बगाएर बेपत्ता बनाएपछि स्थानीयवासीको सहयोगमा प्रहरीले खोजतलास जारी राखेको छ ।
किस्पाङ–१ बाट गाउँपालिकाको कार्यालयसमेत रहेको स्थान वडा–३ को काहुलेतर्फ जाने उक्त खोलामा पुल नहुँदा वर्षाको समयमा आउने बाढीले आवतजावतमा समस्या हुँदै आएको स्थानीयवासी भीमबहादुर घलेले बताए ।