- बिनोद दर्नाल, खबर24नेपाल समाचारदाता
भाद्र १०, काठमाडौं । ‘छ माया छपक्कै” को पहिलो पोस्टर सार्बजनिक सोसियो, पोलिटिकल, रोमान्स जनरामा बनेको फिल्म ‘छ माया छपक्कै’ को पहिलो पोस्टर सार्वजनिक भएको छ ।
आमा सरस्वती मुभिजसँग मिलेर रोहित अधिकारीको निर्माण र जितु नेपाल, केदार घिमिरे कार्यकारी निर्माता रहेका फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका छन् । फिल्ममा मुख्य कलाकारको रुपमा दीपकराज गिरी, केकी अधिकारी, जितु नेपाल, केदार घिमिरे, प्रकाश घिमिरे, सुपुष्पा भट्ट, शिशिर बाङ्देल, दीपक क्षेत्री, अनुराग कुँवर लगायतको मुख्य भूमिका रहेको छ ।
आज रिलिज गरिएको पोस्टरमा भने, दीपकराज गिरी, केकी अधिकारी, जितु नेपाल, केदार घिमिरेलाई मात्र प्रस्तुत गरिएको छ । पोस्टरमा दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे डोकोमा हातले टेकेर कतै हेर्नमा कसैको रुपमा मस्त व्यस्त भएको देखिन्छ भने केकी अधिकारी, चाँही झरी पर्दा गाउ घरमा प्रयोग गरिने घुम ओढेर उभिएकी देखिन्छिन् । फिल्म निर्देशक दीपेन्द्र लामाका अनुसार, ‘छ माया छपक्कै’ कमेडी, राजनीति, मायाप्रेम र सामाजिक विषयको ‘कम्प्लिट प्याकेज’ भएको उनको भनाइ छ । यो फिल्म ग्रामीण परिवेशमा छायांकन गरिएको छ । यसमार्फत नेपालीपन देखाउन खोजिएको निर्देशक लामाले बताए । यो फिल्मले केही सिन र गीत सुटिङ बाँकी राख्दै करिब ३८ दिनको सुटिङ सकेर ‘एन्डक्लाप’ गरिसकेको छ भने, विदेशमा प्रदर्शन गर्नका लागि ‘छ माया छपक्कै’ टिमले निशान बजगाइँलाई एक करोड १० लाखमा ‘ओभरसिज राइट्स’ विक्री गरेको छ ।
यति धेरै मूल्यमा ओभरसिज राइट्समा विक्री भएको यो पहिलो फिल्म हो । यसअघि ‘छक्कापञ्जा’ को डिजिटल र ओभरसिज राइट्स एक करोड १० लाखमा विक्री भएको थियो । यो फिल्मको भने ओभरसिज राइट्स मात्रै एक करोड १० लाखमा बेचिएको थियो । फिल्म आउदो दशैंमा देश भर रिलिज हुदैछ ।