• २०८१ फाल्गुन २ गते शुक्रवार

राष्ट्रिय फुटबल टिम आज स्वदेश फर्कदै

पढ्न लाग्ने समय : १ मिनेट

भाद्र १०, काठमाडौं । मलेसियन क्लब जोहोर साउदर्न टाइगर्ससँग मैत्रीपूर्ण खेल खेल्न मलेसिया पुगेको नेपाली राष्ट्रिय फुटबल टोली आज (मंगलबार) स्वदेश फर्कने भएका छन् ।

मलेसियन लिग च्याम्पियन जोहोरसँग एक मैत्रीपूर्ण खेल खेलेको नेपाली टोली मंगलबार राति नेपाल आइपुग्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ  । नेपाली टिम राति ९ बजे नेपाल आईपुग्ने एन्फाले जनाएको छ  ।

विश्वकप छनोटको तयारीका लागि नेपाली टोलीले जोहोरसँग सोमबार मैत्रीपूर्ण खेल खेलेको थियो । तर, नेपालले खेल जोहोरलाई १-० गोल अन्तरले सुम्पिएको थियो ।

सुजल श्रेष्ठको कप्तानीमा मैदान उत्रिएको नेपालले मलेसियन क्लबविरुद्ध फितलो प्रदर्शन गरेको थियो ।

कतारमा आयोजना हुने सन् २०२२ को फिफा विश्वकप अन्तर्गत एसियाको दोस्रो चरणको छनोटको तयारीका लागि नेपालले मलेसियन क्लबसँग मैत्रीपूर्ण फुटबल खेलेको हो ।

छनोटमा नेपाल समूह ’बी’ मा रहेको छ । नेपालको समूहमा एसियाली पावर हाउस अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपे रहेका छन् ।

नेपालले कुवेतसँग खेल्दै छनोटको सुरुवात गर्नेछ ।

प्रतिक्रिया दिनुहोस