• २०८२ बैशाख ७ गते आइतवार

‘भिडिओ कन्फेरेन्सबाटै प्रधानमन्त्रीले मन्त्रीहरूलाई आवश्यक निर्देशन दिनुभयो’ सरकार प्रवक्ता

पढ्न लाग्ने समय : १ मिनेट

भाद्र १०, काठमाडौँ । सोमबार पहिलोपटक भिडिओ कन्फेरेन्स प्रविधिबाट मन्त्रिपरिषद् बैठक सफलताका साथ सम्पन्न गरिएको सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताएका छन्। स्वास्थ्य उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली भिडिओ कन्फेरेन्समार्फत सोमबार बसेको मन्त्रिपरिषद बैठकमा सामेल भएका थिए।

प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई मन्त्रालयगत रूपमा उठेका विषयमा आवश्यक निर्देशन दिएको प्रवक्ता बाँस्कोटाले जानकारी दिए। ‘केही मन्त्रीज्यूहरूले मन्त्रालयगत कुराहरू राख्नुभएकोमा प्रधानमन्त्रीज्यूले आवश्यक निर्देशन दिनुभएको छ।

बैठकपछि पत्रकारहरूसँग प्रवक्ता बाँस्कोटाले भने।मन्त्रीहरूले प्रधानमन्त्रीसँग स्वास्थ्य अवस्थाबारे सोधेका थिए प्रधानमन्त्रीले आफ्नो राम्रोसँग उपचार भइरहेको छ र स्वास्थ्यमा पनि सुधार आएको जानकारी गराउनु भयो।साथै प्रधानमन्त्रीले आफ्नो स्वास्थ्यबारे चिन्ता, सरोकार र चासो राख्ने जनसमुदायलाई धन्यवाद दिएको बास्कोटाले बताए ।

प्रतिक्रिया दिनुहोस