• २०८२ बैशाख १७ गते बुधवार

अरिंगालको टोकाईबाट एक जनाको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

भाद्र १० अर्घाखाँची अरिंगालको टोकाईबाट अर्घाखाँची सन्धिखर्क–५ का गोपेश्वर आधारभुत विद्यालयमा कक्षा ५ मा अध्यनरत १५ वर्षीय नन्दबहादुर मुखियाको मृत्यु भएको हो ।स्कुल जानेक्रममा घर नजिकै बलेवाङस्थित रुखमा चढेर कटहर खाने क्रममा अरिंगालले टोकेको थियो ।

अरिंगालको टोकाईबाट घाइते भएका उनको जिल्ला अस्पताल पुर्‍याएको र जिल्ला अस्पतालले बुटवल रिफर गरेपनि समयमा उपचार पाउन नसकेपछि उनको मृत्यु भएको बताइएको छ ।शवलाई अहिले पोष्टमाट्मका लागि जिल्ला अस्पतालको शवगृहमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस