भाद्र १० काठमाडौँ, आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी पर्यटनमन्त्री योगेश भट्टराईले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेका छन् ।उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र सम्माननीय उपाधी प्राप्तलाई मात्र सवारी साधनसहित प्रवेश दिइने बताए ।
उनले तीनकुने गौशाला सडकलाई ‘अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र’ घोषणा गरिने र सडक खण्डमा खुला रुपमा सेकुवा बेच्न नदिने समेत घोषणा गरेका छन् ।उनले भने तीनकुने गौशाला सडक नेपालको प्रवेशद्वार हो यसलाई अव्यवस्थित राख्नु हुँदैन ।’ मन्त्री भट्टराईले पशुपतिनाथ मन्दिरस्थित विद्युतीय शवदाह गृहमा ५ वटा मेसिन थप गर्ने बताउदै जेष्ठ नागरिकलाई पशुपतिको चार वटै ढोकासम्म सहजै जान सक्ने गरि पुर्वाधार बनाउने समेत बताए ।