• २०८१ जेष्ठ १४ गते सोमवार

नवलपरासीको अरुणखोलाको पुल बन्यो

पढ्न लाग्ने समय : १ मिनेट

भदौ १० काठमाडौं  पूर्व–पश्चिम राजमार्ग नवलपरासीको अरुणखोला पुल साउन २९ गते ट्रक ठोक्किएर क्षतिग्रस्त भएका थियो पूल मर्मतपछि पूणरुपमा पुलबाटै गाडी गुड्न थालेका छन् । एकस्थानमा करीब डेढमिटर लच्किएको पूल मर्मत सम्पन्न भएपछि पूर्णरूपमा यातायात सञ्चालन गरिएको छ ।

अरुणखोला प्रहरी चौकीका प्रहरी नायब निरीक्षक जनकबहादुर बुढाले बताए अनूशार पुल मर्मतको काम पूर्ण रूपमा सम्पन्न भएसँगै गएरातिबाट दुईतर्फी रूपमा यातायात सञ्चालनमा आएको छ सडक डिभिजन कार्यालय बुटवलको प्राविधिक टोलीले पुल भाँचिएको १३औँ दिनमा मर्मत सम्पन्न गरी सञ्चालनमा ल्याएको हो ।

पुलमा क्षति पुग्दा यातायात सञ्चालनमा कठिनाइ हुँदै आएको थियो । वैकल्पिक बाटोका रूपमा बनाइएको ‘डाइभर्सन’ भरपर्दो नहुँदा यात्रुले सास्ती पाएका थिए । पुल भाँचिदा बनाइएको ‘डाइभर्सन’ पानीले बगाउँदा यातायात सञ्चालनमा समस्या भएको थियो ।पुल पूनरुपमा सूचारु भएपछि यात्रुले विगतमा भोग्दै आइरहेको सास्तीबाट मुक्ति मिलेको छ ।

प्रतिक्रिया दिनुहोस