• २०८१ चैत्र ५ गते बुधवार

गीता खनाल (अर्याल)को कविता : समय

पढ्न लाग्ने समय : १ मिनेट
  • गीता खनाल (अर्याल)


समयको न त आदि न त हुन्छ अन्त
पहिलेदेखि चल्यो, चल्नेछ पछि पर्यन्त
सेकेन्ड, मिनेट गन्दागन्दै बिते कैयौं बर्ष
त्यसैले भनियो समय अनादी र अनन्त ।


न सकिन्छ छुन न सकिन्छ देख्न र छेक्न
आफ्नै गतिमा चल्छ समय न सकिन्छ रोक्न
दिनरात नभनी खटिएका बुझी समयको खेल
त्यसैले सफल भए अभियन्ता ध्रुब गजुरेल ।।


इच्छाशक्ति उडाउन सकेन कस्तै तुफान चलेर पनि
समयको माग भन्दै नयाँ धरहरा सम्बत बनाए पनि
देउसी, भैलो, मुक्तक, कविता लेखे सहयोगलाई भनी
नदिई त लेख्नै सकिन सफलताको शुभकामना मैले पनि ।


भुकम्पको बिनासलाई संझिदा मनमुटु खन्छ
तिनै करोड नेपालीलाई सिंगो धरहरा हेर्ने मन छ
गर्नुपर्दा केही कसैले भोलि या पछि गर्छु भन्छ
बर्तमानकै सदुपयोग गरौं पक्कै सुन्दर धरहरा बन्छ।।।।

तिलोत्तमा नगरपालिका-१५
रुपन्देही ।

प्रतिक्रिया दिनुहोस