साउन ११, काठमाडौं । नेपाल सरकार का उपप्रधानमन्त्री तथा रक्षामन्त्री तथा नेपाल ट्रष्टका अध्यक्ष ईश्वर पोखरेल ज्युले निकुञ्ज बाट निस्कने पानी बाट गोकर्णश्वोर नगरपालिका वडा न । ४ माकालवारी मा पुर्याएको क्षेतीको स्थलगत अध्ययन अबलोकन गर्नु भएको छ।
उहाँले स्थानीय प्रतिनिधि , सरोकारवाला , लगायतका समस्याहरुलाइ गहन रुपमा लिदै उक्त समस्या हरुलाइ चाडै समाधान गर्ने कुरा बताउनु भएको छ। बर्षाको बेलामा निकुञ्ज बाट आउने पानीको ब्यबस्थित निकास नभएकाले ४०० घर परिवार पीडित भएको अबस्था नेपाल सरकार लाई अवगत रहेको र अब यस्तो समस्या नआउने उपप्रधानमन्त्री तथा रक्षामन्त्रीले बताउनुभयो । उक्त कार्यक्रममा जनताका समस्याहरु र जनसाचोलाई नगर प्रमुख सन्तोष चालिसे र वडा न. ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले बताउनुभएको थियो ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य कृष्ण राई , प्रदेश सभा सदस्य रामेश्वर फुयाल , नेपाल सरकारका सचीव गजेन्द्र ठाकुर , ट्रष्टका सदस्य सचीव राजेश्वर ज्ञवाली , स्थानीय प्रतिनिधिहरु लगायतको उपस्तिथि रहेको थियो ।