साउन ११, सुनसरी । समुदाय-प्रहरी साझेदारी अन्तर्गत ईलाका प्रहरी कार्यालय धरानको कार्यालय परिसरमा प्रहरी कर्मचारी र आश्रीत परिवारहरुका निमित्त एक दिने एकिकृत नि:शुल्क स्वास्थ शिविर शनिबार संचालन भएको छ ।
ईलाका प्रहरी कार्यालय धरान र हातेमालो फाउण्डेसनको संयुक्त आयोजनामा संचालित उक्त शिविरमा घोपा अस्पतालबाट खटिएका चिकित्सकले सेवा प्रदान गर्नुभएको थियो । कुल २ सय ५ जनाले स्वास्थ्य लाभ लिएका उक्त शिविरमा नि:शुल्क औषधी समेत वितरण गरिएको थियो ।