साउन ११, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा क्रियाशिल पत्रकार डिल प्रसाद शर्माको उपचारका लागि आर्थिक सहयोग गरिदिन आग्रह गरिएको छ ।
भारतको गुजरातमा डेढ महिनादेखि उपचार गराइरहेका शर्माको उपचारको लागि सहयोग गर्न संसदिय मामिला पत्रकार समाज कर्णाली प्रदेश समितिले अपिल गरेको हो । शर्मा संसदीय मामिला पत्रकार समाज कर्णाली प्रदेशले समाजका सचिव समेत हुन् । शर्मा देशसञ्चार अनलाइनका कर्णाली प्रदेश प्रतिनिधि र सुर्खेतबाट प्रकाशित हुने साझा विसौनि दैनिकमा कार्यरत छन् ।
दैलेख जिल्लाको रूम घरभई हाल वीरेन्द्रनगरमा क्रियाशिल पत्रकार शर्मालाई तीन महिनादेखी बोनम्यारो रोग लागेको पुष्टि भएको समाजका अध्यक्ष शेरबहादुर थापाले जानकारी दिए । ‘उपचारको अन्तिम विकल्प बोनम्यारो प्रत्यारोपण गर्न कम्तीमा १५ लाख भारतीय रुपैंया लाग्ने भएको छ ।’ उनले भने, ‘सिभिल हस्पिटल क्यान्सर विभाग अहमदाबादमा उहाँको उपचार भइरहेको छ । उहाँ भोली आइतबार अस्पतालले डिस्चार्ज गरेका कारण नेपाल फर्किदै हुनुहुन्छ ।’
संस्थाले पत्रकार शर्माको उपचार खर्चका लागि आर्थिक सहयोग गरिदिन सम्पूर्ण सहयोगी मनहरूलाई उनकै नाममा रहेको नेपाल इन्भेस्टमेन्ट बैंक सुर्खेत शाखामा रहको खाता ०२२०५०५०७९३१३६ नम्बर रकम जम्मा गर्दिनुहुन हार्दिक अनुरोध गरिएको छ ।