• २०८१ पुष २९ गते सोमवार

सामाजिक सञ्जालको दुरुपयोगबाट अपराधधिक गतिविधि बढेको छ सजग हुन DIG: शाहाको अनुरोध

पढ्न लाग्ने समय : १ मिनेट
  • सागर थापा

साउन ११,दाङ । पाँच नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) सुरेश बिक्रम शाहाले फेसबुक, ट्वीटर म्यासेन्जर भाइबर इमो जस्ता सामाजिक सञ्जालको दुरुपयोगले आपराधिक गतिविधिहरु बढ्दै गएको बताएका छन । त्यस्ता अपराध हरुबाट सजग रहन सबै नागरिकहरुलाई समक्ष आग्रह गरेका छन् ।


५ नम्बर प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआइजी शाहाले आम जन समुदाय नागरिकमा सामाजिक सञ्जालको प्रयोग गर्दा सजग हुन आग्रह गरेका छन । साथै धेरै जसो समाजिक संजालको दुरुपयोग विद्यार्थीहरु बाट हुने गरेकोले अभिभावक हरुलाई आफ्नो छोराछोरीहरुको ख्याल गर्न र अपराधीक गतिविधि बाट टाढा राख्न समेत अनुरोध गरेका छन ।

उनले साइबर अपराध,सामाजिक संजाल मार्फत धेरै हुने गरेको र सुरक्षाका लागि प्रहरी औपचारिक पात्र मात्र हो । अनौपचारिक रुपमा सबै जनताहरु जागरुक हुनुपर्छ डिआइजी शाहाले भने हरेक नागरिकले प्रहरीलाई कुनै पनि आपराधिक गतिविधिहरुको बारेमा सूचना दिएर प्रहरीलाई सहयोग गर्न समेत सम्पूर्ण जनताहरुलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस