असार १२, चितवन । बुधबार साँझ चितवनको भरतपुर महानगरपालिका–१८ भेटघाटचोकमा एकापसमा मोटरसाइकल ठक्कर खाँदा दुईको मृत्यु भएको छ ।
साँझ ६ बजे ना ५३ प ५२४७ नं को मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको ग ९ प ११८५ नं को मोटरसाइकल एकापसमा ठक्कर खाएको हो ।
दुर्घनामा गम्भीर घाइते भएका ना ५३ प ५२४७ नं को मोटरसाइकल चालक भरतपुर–१८ का १७ वर्षीय राजन भट्ट र ग ९ प ११८५ नं को मोटरसाइकल चालक भरतपुर–१८ कै २८ वर्षीय रामचन्द्र पौडेलको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए ।