जेठ १३, नवलपरासी । नापी कार्यालय, नवलपरासी बर्दघाट सुस्ता पश्चिममा कार्यरत नापी सर्भेक्षक (रा.प.अनं प्रथम श्रेणी)छत्रबहादुर ठकुल्लाले जग्गाको क्षेत्रफल मिलाइदिने भनी सेवाग्राहीसँग घुस माग गरेका छन ।
जग्गाको क्षेत्रफल मिलाइदिने भनी सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले उनलाई सेवाग्राहीबाट रू.२०,०००।– लिएको अवस्थामा नियन्त्रणमा लिएको हो । यस बारेमा थप अनुसन्धान हुँदा निज नापी सर्भेक्षक छत्रबहादुर ठकुल्लाले जग्गाको क्षेत्रफल कम देखिएकोले पौने पाँचधुर जग्गा बढाइदिने भनी सेवाग्राहीसँग घुस रकम माग गरी लिई भ्रष्टाचार गरेका हुन ।
उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।