• २०८२ बैशाख १६ गते मङ्गलवार

झापाका नायव सुब्बा घुस रकम सहित नियन्त्रणमा

पढ्न लाग्ने समय : १ मिनेट

जेठ १३, झापा । व्यवसायिक तथा शीप विकाश तालिम केन्द्र, भद्रपुर झापाका नायव सुब्बा राजकुमार धिमालले तालिम कार्यक्रम सञ्चालन गरेबापत भुक्तानी प्राप्त गर्नु पर्ने रकम दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम मागिरहेको अवस्थामा पक्राउ परेका छन ।

सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिइ गएको टोलीले उनलाई सेवाग्राहीसँग रू ३५,०००।–लिइसकेको अवस्थामा नियन्त्रणमा लिईएको हो । उक्त घुस रकम सहित व्यवसायिक तथा शीप विकाश तालिम केन्द्र, भद्रपुरको कार्यालय परिसरबाट नियन्त्रणमा लिईएको साथै उक्त कार्यमा संलग्न सोही कार्यालयका शाखा अधिकृत सुमिन्द्र मण्डललाई समेत नियन्त्रणमा लिइ थप अनुसन्धान भैरहेको छ अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस