जेठ १३, काठमाडौं । बालाजु प्रहरी बृत ले आइतबार दिउसो माछापोखरीबाट नियन्त्रित लागू औषध सहित २ पक्राउ गरेको छ ।
माछापोखरी एरियामा लागू औषधको कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले लागू औषधको कारोबार हुँदै गरेको अबस्थामा नियन्त्रित लागू औषध फेनारगन, डाईजेपाम र नोफिन समेत २२२ पिस सहित २ जना व्यक्तिहरुलाई नियन्त्रणमा लिएको हो ।