• २०८० मङ्सिर १३ गते बुधवार

चन्द समूहको बन्दका कारण जाजरकोटको जनजीवन प्रभावित

पढ्न लाग्ने समय : २ मिनेट
  • रेशम बहादुर खड्का, जाजरकोट

जेठ १३, जाजरकोट । नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आब्हान गरेको नेपाल बन्दका कारण जाजरकोटको जनजीवन प्रभावित भएको छ । पार्टीका कार्यकर्ता तिर्थराज घिमिरको हत्या भएको भन्दै त्यसको विरोधमा नेकपाले बन्द आब्हान गरेको बन्दले जाजरकोटको जनजीवन प्रभावित भएको हो ।

घिमिरेलाई नियन्त्रणमा लिएर हत्या गरिएको आरोप चन्द समूहले जाजरकोट लगाएत देश भरी बन्दको आव्हान गरेको छ ।जिल्लाको यातायात ,तथा पसलहरु बिहानै देखि बन्द भएका छन । बन्दलाई लक्षित गरेर जिल्ला प्रहरी कार्यालय जाजरकोटले सुरक्षा ब्यवस्था कडा पारेको छ । गएराति देखि देशभरी बम विस्फोट भएकाले पनि सुरक्षा सतर्कता बढाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डिएसपी स्याम बहादुर खत्रीले बताए । जिल्लाका मुख्य चोक–चोकमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको खत्रीको भनाइ रहेको छ । जिल्ला सदरमुकाम खलंगा बाट नियम सञ्चालनमा रहेका सार्वजनिक यातायातका साधन पनि थप्प रहेका छन ।शिक्षण संस्था पनि बन्द छन् ।

हाल जिल्लाका कुनै अपराधीक घटना नभएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ। जिल्लामा बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको बन्दको हल्लाले मात्र बन्द भएको अन्य कुनै प्रभाव नरहेको प्रशासनले जनाएको छ ।सवारी साधन थप्प भए पछि गन्तव्य सम्म यात्रु पुग्न कठिन भएको छ । यस्तै गयराति छिन्चु जाजरकोट सडक खण्डको गोजि खोला नजिकै यात्रुबाहक बसलाई अघ्यात समुहले तोडफोड आगजनि गरे पछि छिन्चु जाजरकोट सडक खण्ड पुर्ण रुपमा बन्द भएको छ । जिल्लाको मुख्य बजार सिमा नाकामा बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस