• २०८० असोज ५ गते शुक्रवार

वडाअध्यक्ष पच्चिस हजार घुस सहित पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

जेठ १३, सप्तरी । सप्तरी, सुरूङ्गा नगरपालिका वडा नं.५ का वडाअध्यक्ष सिल्टु मियाँले मोहीयानी जग्गा छुटाउन सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुसरकम सहित पक्राउ परेका छन ।

सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिइ गएको टोलीले वडाअध्यक्ष सिल्टु मियाँलाई सेवाग्राहीसँग रू २५,०००।– घुस वापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिईएको हो ।

सिल्टु मिँयाले आफ्नो जिम्मेवारी र पदीय दायित्वसमेतको ख्याल नगरी बद्नियतपूर्वक मोहियानी जग्गा र रकमको वार्गेनिङ् गरी नियमानुसार गर्नुपर्ने काममा समेत घुस रिसवत दिन बाध्य पारी घुस लिएकाले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस