जेठ १३, ललितपुर । नापी कार्यालय लगनखेल ललितपुरमा कार्यरत नापी सर्वेक्षक उपेन्द्र प्रसाद यादवले जग्गा नापजाँच गर्ने काममा आलटाल गरी रेखाङ्कन गर्ने प्रयोजनको लागि विभिन्न बहाना बनाई सेवाग्राहीसँग रू। ३०,०००।–घुस रकम सहित पक्राउ परेका छन ।
घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट खटिइ गएको टोलीले उपेन्द्र प्रसाद यादवले सोही कार्यालयमा कार्यरत कार्यालय सहयोगी राजन विष्टलाई उक्त घुस रकम लिन लगाएकोमा निज राजन बिष्टले सेवाग्राहीसँग घुस बापतको रकम लिइसकेको अवस्थामा ललितपुर महानगरपालिका स्थित नापी कार्यालय, लगनखेल ललितपुरको कार्यालय परिसरबाट नियन्त्रणमा लिई अनुसन्धान भैरहेको छ ।