वि.सं. २०७६ जेठ १३। सोमबार। इ.स. २०१९ मे २७। ने।सं। ११३९ बछलागा। ज्येष्ठ कृष्णपक्ष। अष्टमी, १०:०३ उप्रान्त नवमी।
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ।
बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
नयाँ कामले नाम र दाम दिलाउनेछ। कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )
तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ। दिगो फाइदा हुने योजना बन्न सक्छ। आफूलाई लाभ नभए पनि सानो प्रयत्न गर्दा सामाजिक काम बन्नेछ। अवसरवादीहरूबाट सजग रहँदै गोपनीयतामा ध्यान पुर्याउनुहोला।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ने समय छ। अस्वस्थताले लक्ष्यमा पुग्न समस्या पर्नेछ। शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ने समय छ। योजना पूर्ण नभए पनि आंशिक लाभ अवश्य हुनेछ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आजको दिन निकै रमाइलो र उत्साहवर्द्धक रहनेछ। परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ। नयाँ परिवेशमा पुगिए पनि नयाँ साथीभाइ भेटिनेछन्। प्रेमको बन्धन कसिनेछ। कामको सन्दर्भमा रमाइलो यात्राको अवसर प्राप्त हुन सक्छ।
कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
केही चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ। ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ। मिहिनेतले काममा सफलता प्राप्त हुनेछ। समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।
तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
कामको गति सुस्त हुनाले प्रतिफल पनि प्रभावित हुनेछ। आफ्नै कमजोरीले लक्ष्यमा पुग्न नसकिएला। राम्रो नतिजा हातपार्न काम दोहोर्याउनुपर्ला। अरूको भरले मात्र उद्देश्य पूरा नहुन सक्छ।
बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ। समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन्। परिस्थितिवश मिहिनेतको फल अरूलाई सुम्पनुपर्ने अवस्था आउन सक्छ।
धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
अग्रज तथा सहयोगीहरू जुट्नाले काम बन्नेछ र सोचेको लाभ उठाउन सकिनेछ। कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम सम्पादन गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ।
मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
बोलीको गलत अर्थ लाग्नाले मान–सम्मानमा आघात पुग्ने सम्भावना छ। विचार सम्प्रेषण गर्नुअघि राम्ररी विचार पुर्याउनुहोला। श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन्।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
विभिन्न अवसरले पछ्याए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। आफ्ना कमजोरीको फाइदा अरूले उठाउने चेष्टा गर्नेछन्। स्वार्थका लागि धाउनेहरूबाट धोका हुनेछ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ। अरूको विश्वास गर्दा धोका पाइएला। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति पनि आउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ।