बैशाख १४, कपिलवस्तु । काठमाण्डौबाट धनगढी जाँदै गरेको ना ७ ख ५१८७ नम्बरको बस दर्घटना हुदा १४ जना घाइते भएका छन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत वाणगंगा नगरपालिकाको चप्परगाँंउमा दुर्घटना भएको हो ।
बसको गियर बक्स बिग्रेर बस अनियन्त्रित भई ५० फिट दक्षिण सडक किनारमा पल्टेको हो । दुर्घटर्नामा घाइते भएका सबैको स्थानीय सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।