• २०८२ बैशाख १७ गते बुधवार

मुद्धा मिलाउन भन्दै पैसा मागेर प्रहरी निरिक्षकले राखे थुनुवालाई लजमा

पढ्न लाग्ने समय : १ मिनेट
  • ५ नं. प्रदेश व्युरो

बैशाख ११, बुटवल । डिएसपी बिदा बसेको बेला निमित्त इञ्चार्ज चलाएका ऋषिराम घर्तिमगरले झगडा मिलाउन पाँच लाख रुपैयाँ मागेको खुल्न आएको छ ।

इप्रका बुटवलमा डिएसपी डिलबहादुर मल्ल बिदामा भएको मौका छोपी निमित्त इञ्चार्ज चलाएका ऋषिराम घर्तिमगरले यस्तो गरेका हुन । स्थानिय घर जग्गा व्यवसायी कृष्ण पौडेलले भर्खरै खुलेको एक पार्टी प्यालेसमा भोज चलिरहँदा त्यसका सञ्चालकमाथि हातपात गरे । आफैंले सिसा फुटाल्न खोज्दा आफ्नो पनि हातमा चोट लाग्यो । प्रहरीले उनलाई समातेर उपचारका लागि प्रादेशिक अस्पताल बुटवलमा लगे । उपचारका लागि लैजाँदा सिपाहीलाई ड्युटीमा राखियो ।

कृष्णलाई बर्दघाटमा कार्यरत सशस्त्रका डिएसपी निवन खड्का भेट्न पुग्दा ड्युटी बसेको सिपाहीलाई त्यहाँबाट हटाइयो । इन्स्पेक्टर ऋषिरामले पीडितसँग कुरा मिलाउने भनेर पाँच लाखमा कुरा मिलाइसकेका थिए । पछि पीडितले चित्त बुझाएनन् र मुद्दा दर्ता गरे ।

१० नम्बर डायरीमा मुद्दा दर्ता गरेपछि सिद्धार्थ होटलमा कोठा लिएर थुनुवालाई राखियो । हिरासत हुँदाहुँदै मुद्दा चलेको मान्छेलाई होटलमा राख्ने, रक्सी खुवाउने, युवतीसँग रमाइलो गराउने अधिकार प्रहरीलाई छैन । अहिले ऋषिरामलाई स्पष्टिकरण सोधिएको छ । यो समाचार जनआस्था साप्ताहिकमा प्रकाशित भएको छ।

प्रतिक्रिया दिनुहोस