- भोला घिमिरे (तुसारो)
आजभोलि खुब निदपर्छ, रमको बोतल फोडेपछी
भट्टीकै वास भयो मेरो,निर्मोहिले छोडेपछि।
किन लेख्नुहुन्छ हजुर,मुटु छुने गजलहरु
गन्तव्यका भाव फुर्छ्न,जिन्दगीले मोडेपछि।
आजभोलि खुब निदपर्छ,रमको बोतल फोडेपछि
भट्टीकै वास भयो मेरो,निर्मोहिले छोडेपछि।
पराईपनी नजिक हुन्छन, आजभोलि किन मेरो
मृत्युपनि जिवनभयो,रमको पीयूष तोडेपछि।
आजभोली खुब निदपर्छ,रमको बोतल फोडेपछी
भट्टीकै वास भयो मेरो,निर्मोहिले छोडेपछि।
झाङिएको थियो प्रेम, रिकापीको सितनजस्तै
समयले क्रमबद्द ,बनाई मलाई गोडेपछी ।
आजभोली खुब निदपर्छ,रमको बोतल फोडेपछी
भट्टीकै वास भयो मेरो,निर्मोहिले छोडेपछि।
त्यो भट्टीको ईज्जत् छैन, जहाँ मेरो हाजिर छैन
दिनचर्याभो मेरो, उसले अन्तै नाता जोडेपछी।
आजभोली खुब निदपर्छ,रमको बोतल फोडेपछी
भट्टीकै वास भयो मेरो,निर्मोहिले छोडेपछि।
तारकेश्वर न.पा- ३, काठमाडौं