• २०८० असोज ७ गते आइतवार

विवेकशील नेपाली निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा

पढ्न लाग्ने समय : १ मिनेट

चैत १३, काठमाडौं । निर्वाचन आयोगविरुद्ध विवेकशिल नेपाली दलले आज सर्वोच्चमा रिट दायर गरेको छ । आफुहरुले आवश्यक विधि प्रक्रिया पूरा गर्दासमेत दल दर्ता गर्न अस्वीकार गरेको भन्दै उनिहरु सर्वोच्च पुगेको हुन ।

विवेकशील नेपालीले दलले विवेकशील साझा पार्टीबाट फुटेपछि दल दर्ताका लागि गत पुस २७ गते निर्वाचन आयोगमा निवेदन दिएपनि निर्वाचन आयोगले फागुन २८ गते दल दर्ता हुन नसक्ने निर्णय गरेको थियो ।

एकीकृत पार्टीमा जम्मा ३७ केन्द्रीय सदस्य रहेको र त्यसमध्ये १६ जना विवेकशीलमा रहेको दावीसहित विवेकशील नेपाली निर्वाचन आयोगमा पुगेको थियो । आयोगले एकीकृत पार्टीको संख्या ३७ नभएको दावी गर्दै दल विभाजनका लागि संख्या नपुगेको तर्क गरेको छ । विभाजनका लागि आवश्यक संख्या नपुगेको भन्दै आयोगले नयाँ दल दर्ता हुन नसक्ने बताएको हो ।

विवेकशील नेपालीले भने सबै प्रक्रिया पुग्दा समेत आयोगले आफुहरुलाई दल दर्ता गर्न नदिएको र आयोगको निर्णय अन्यायपूर्ण र कानून विपरीत भएकोले निर्णय सच्याउन सर्वोच्चमा रिट हालेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस