• २०८० असोज ११ गते बिहिवार

प्रहरी चौकाीमा ढुङ्गा मुढा गर्ने पाँच जना प्रकाउ

पढ्न लाग्ने समय : १ मिनेट

चैत १३, कञ्चनपुर । बेदकोट नगरपालिकाको चम्फापुरमा रहेको अस्थायी प्रहरी चौकीमा हिजो राति ढुङ्गा मुढा गर्ने पाँचलाई प्रहरीले आज पक्राउ गरेको छ ।

ढुङ्गा मुढा भएको प्रहरी चौकीको निरिक्षण गर्दै बेदकोट नगरपालिकाका मेयर अशोक चन्द

पक्राउ पर्नेमा चम्फापुरका विकास विष्ट, धीरेन्द्र चन्द, ईश्वर चटौत, धीरेन्द्र रावल र हरि बोहरा रहेका छन् । इलाका प्रहरी कार्यालय झलारीको टोलीले पाँचै जनालाई पक्राउ गरेको हो ।गएराति प्रहरीचौकी नजिकैको चोकमा जम्मा भएका पाँचै जनाले हो हल्ला गर्न थालेपछि प्रहरीले सम्झाइ घरपठाउन खोजेपछि प्रहरी चौकीमै पुगेर ढुङ्गामुढा गरेका हुन ।चौकीको ढोकासमेत तोडफोड भएको छ।

पक्राउ परेकामाथि सार्वजनिक शान्तिसुरक्षा विरुद्धको कसुर अन्तर्गत मुद्दा चलाउने तयारी गरिएको छ । पक्राउ परेका पाँचै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस