• २०८१ माघ ८ गते मङ्गलवार

हावाहुरी र बाढीले ७ सयको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

 चैत १३ , काठमाडौं । आँधीसँगै आएको अत्यधिक वर्षा, हावाहुरी र बाढीले यहाँ झण्डै ७ सयको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । प्राकृतिक प्रकोपले भौतिक संरचनाहरूमा पनि उत्तिकै क्षति पुर्याएको छ ।

बाढी, आँधीलगायतका प्राकृतिक प्रकोपका कारण दक्षिण अफ्रिकाका ५ लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।आँधीबाट मोजाम्बिक, जिम्बाबे र मलावी क्षेत्र पनि प्रभावित बनेका छन् ।

आँधीबाट प्रभावितमध्ये झण्डै तीन हजार १२५ वर्ग किलोमिटर क्षेत्रमा अहिले पनि पानी रहेको अधिकारीहरुले बताएका छन् ।

विश्व खाद्य कार्यक्रम ९डब्लुएफपी० द्वारा जारी वक्तव्यमा भनिएको छ, ‘हामीलाई प्राप्त पछिल्लो विवरण अनुसार आँधीबाट प्रभावित तीन देशका झण्डै पाँच लाख जना विस्थापित भएका छन् ।’

यही मार्चको १५ तारिखका दिन यस क्षेत्रमा भीषण आँधी आएको थियो । आँधीबाट प्रभावितलाई थप सहयोगको आवश्यकता रहेको सहयोगदाताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस