• २०८२ जेष्ठ ७ गते मङ्गलवार

मन्त्री अधिकारी चढेको हेलिकप्टर दुर्घटना रहस्यमय, योगेश भट्टराईले उठाए गम्भीर प्रश्न

पढ्न लाग्ने समय : १ मिनेट

 

१५ फागुन, काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीको बुधबार हेलिकप्टर दुर्घटनामा मृत्यु भयो । अस्वभाविक दुर्घटना हुनसक्ने भन्दै आशंका पनि गरिरहेका छन । यही बीचमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य समेत रहेका ताप्लेजुङका सांसद योगेश भट्टराईले गम्भीर प्रश्न उठाएका छन ।


उनले भिआइपी उडानमा पाइलटसहित ५ जनाभन्दा बढी पाथिभरामा उडान नै नहुने गरेको तथ्य कोट्याउँदै आफ्नो फेसबुकमा लेखेका छन ” vip उडानमा पाइलट सहित् ५ जनाभन्दा बढी पाथिभरामा उडान गर्न मिल्दैन भनेर केहीलाई सुकेटार वा ताप्लेजुङ बजार मै झारेरमात्र पाथिभरा उडान गर्दै आएका छन् पाइलटहरुले । तर आज मौसम खराब हुँदाहुदै ७ जनालाई लिएर किन उडान गरियो समयले उत्तर माग्छ ।”

प्रतिक्रिया दिनुहोस