फागुन १४,काठमाडौं । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गौशाला क्षेत्रबाट १९ जना र ठमेल क्षेत्रबाट १२ जना गरी जम्मा ३१ जना सडक बालबालिकाहरुको उद्धार गरिएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौं, बालबालिका खोजतलास समन्वय केन्द्र र सोभर रिकभरी पुन: स्थापना केन्द्रको संयुक्त साझेदारी तथा समन्वयमा सोमबार राति उनीहरुलाई उद्धार गरिएको हो ।
कुलत तथा दुर्व्यसनमा फसेका र घर परिवारबाट बिछोडिएर सडकमा कष्टकर रुपमा रात बिताउन वाध्य भएका असहाय व्यक्तिहरु तथा बालबालिकाहरुको जीवन जोखिम ले उनीहरुको उद्धार गरिएको हो । उनीहरुलाई सोभर रिकभरी सेण्टर जोरपाटी, काठमाडौंमा पुन:स्थापना गरिएको छ ।