फागुन १५, काठमाडौं । पर्यटनमन्त्री सवार हेलिकोप्टर ताप्जेलुङमा दुर्घटना भएको पुष्टि भएको छ । त्यहाका स्थानियहरुले हेलिकोप्टर दुर्घटना भएको आफैंले देखेको बताएका छन ।
उनिहरुका अनुसार एक बजेतिर विद्यार्थीहरुले हेलिकोप्टर आगो लाग्यो भनेर खबर गरेका थिए । उनले ‘हेर्दा आगो लागेको देखियो । भीर भएकाले मानिसहरु पुग्न अप्ठ्यारो छ । अहिले पनि धुँवा आइरहेको छ ।’
घट्नास्थलमा हिउँ परिरहेको छ । घटनास्थल ताप्लेजुङ सदरमुकामबाट आउन तीन–चार घण्टा लाग्छ । घटनास्थलमा अहिले पनि आगो बलिरहेको छ ।