• २०८० असोज ५ गते शुक्रवार

आफ्नो घरको दियो निभाई , तिम्रो चुलो बाले मैले

पढ्न लाग्ने समय : १ मिनेट
  • भोला घिमिरे

आफ्नो घरको दियो निभाई , तिम्रो चुलो बाले मैले
तिम्रो नाङ्गो शरीर ढाक्न, आफ्नै ईज्जत् फाले मैले ।

तिम्रो संस्कार बोलिबचन , ब्यवहार त झन कठिन थियो
आफ्नो सबथोक भुली मलाई , त्यतैतिर ढाले मैले
आफ्नो घरकोदियो निभाई , तिम्रो चुलो बाले मैले ।

म त नाङ्गो बनेकै थे तिम्रो ईज्जत् सबथोक सम्झी
चुहिन्छकी कतै भनी मासुकाट्दै टाले मैले
आफ्नो घरको दियो निभाई , तिम्रो चुलो बाले मैले ।

सबथोक मैले गर्दागर्दै , देखिनौनी बैगुनिले
तिम्रो पेटमा चारोहाल्न , बालुवानी चाले मैले
आफ्नो घरकोदियो निभाई , तिम्रो चुलो बाले मैले ।

हारे मैले तिमिसङ, जित भो तिम्रो संसार जित्नु
तिम्लाई खुसी दिदादिदै आफ्नै जीवन गाले मैले
आफ्नो घरको दियो निभाई , तिम्रो चुलो बाले मैले ।

केहि समय तिम्लाई अनि , केहि समय आफुलाई भुल्न
बिष नै भएपनि अचेल , रक्सी पिउन थाले मैले
आफ्नो घरको दियो निभाई, तिम्रो चुलो बाले मैले
तिम्रो नाङ्गो शरीर ढाक्न आफ्नै ईज्जत् फाले मैले ।

  • भोला घिमिरे
    तारकेश्वर ०३ तिनपिप्ली

प्रतिक्रिया दिनुहोस