- दिपा अधिकारी अर्याल
किन आउछ यो साउने झरि रुवाउनलाई।
परदेशिको मायाको वेगले झस्काउनलाई।।
सम्झना केबल मनमा होस चाहिदैन अब सम्झना पनि। मरेको बगरलाई पर्दैन अब उठाउन पनि।।
दुई मुढि स्वास पनि उसैलाई दिएथे।
मन मुटु आत्मा सबै उसैलाई सुम्पेथे।।
आज रुवाई गयो बिच धारमा छोडि गयो।
बिरानो यो संसारमा एक्लो बनाई तोडि गयो
तारकेश्वर न.पा ३, काठमाडौं