- दिपा अधिकारी अर्याल
चैते यो हुरिसंगै मनका भावहरु बगिरहे।
उजाड उजाड यि भिरपाखाले बिरह गाइरहे।।
मन किन बिचलित भयो।
कता कता भक्कानो फुटिरयो।।
कति चन्चल कति निश्चल मनलाई।
उजाडमा आएको हुरिझै उडाईदियो।।
के खोज्दैछ मन यो आज थिरमा छैन किन ।
रुदै हास्दै पागल झै बन्दैछ किन।।
सम्हाल्छु भन्छ आफुलाई अनायासै टुटिदिन्छ।
खुसि र सन्तोष खोज्दा खोज्दै जिवनै नासिदिन्छ।।
कसलाई पोखु भन्छ बिरह यो मनको।
टुटिसकेको थियो आश पनि मर्यो यो मनको।।
तारकेश्वर न.पा ३, काठमाडौं