- सागर थापा/महेन्द्र सिंह
फागुन १५, बाकें । नेपालगन्जमा बढ्दो सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले लामो दुरीमा दुई सवारी चालक नराख्ने सार्वजनिक यातायातलाई धमाधम कारवाही सुरु गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले सञ्चालनमा ल्याएको ‘ट्राफिक कम्युनिकेशन एप्स’ को मद्दतले लामो दुरीका सवारी साधानमा दुई चालक नराख्ने सवारी साधानलाई जाँच गरी कारवाही गर्न सुरु गरेको हो । सो एप्स १५ दिन अघिदेखि मात्र प्रयोगमा ल्याएको हो । दुई चालक नराख्ने ३५ वटा सवारी साधन कारवाहीमा परेको छन जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ । लामो दूरीका सार्वजनिक सवारी साधन ९यात्रुबाहक बसमा० दुई चालक नराख्ने ३५ सवारी साधनलाई कारवाही गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख प्रहरी निरिक्षक हिर्दियन रोकायले जानकारी दिएका छन । उनले लामो दूरीका सवारी साधनमा अनिवार्य रूपमा दुई चालक राख्नुपर्ने कानूनलाई अवज्ञा गर्ने सार्वजनिक सवारी साधनका चालकलाई जाँचका क्रममा कारवाही गरिएको हो ।
प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयले गत माघ २७ गतेदेखि लामो दूरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारी साधन ९बस०मा दुई सवारी चालक राखे रनराखेको जानकारी लिन बाँकेको चप्परगौडीमा ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालनमा ल्याएको छ । यातायात व्यवस्था ऐन, २०४९ मा उल्लेख भएअनुसार लामो दूरीका सवारी साधनमा दुई चालक राख्नुपर्ने कानूनी व्यवस्थालाई सुनिश्चित गर्न एप्स सञ्चालनमा ल्याएको बताउँदै उक्त कानून नमान्ने सवारी साधनलाई कारवाही गरिएको हो । लामो दूरीका सवारी चालक, बस नम्बर तथा प्रस्थान समय इन्टरनेटको सर्भरमा राखेर एप्समार्फत हेर्ने व्यवस्था मिलाएको छ ।
पहिलो चरणमा काठमाडौँको नागढुगामा, प्रदेश नं २ को सर्लाहीको कर्मैया र प्रदेश पाँचको बाँकेको कोहलपुरमा सो एप्स सञ्चालनमा ल्याइएको छ । बाँकेमा मात्र चालु आर्थिक वर्षको माघ महिना सम्म ४८ सवारी दुर्घटना हुँदा ३३ को ज्यान जानुको साथै २८ जना घाइते भएका छन् ।