• २०८१ बैशाख १३ गते बिहिवार

स्वरोजगार बन्दै रोङका युवाहरु

पढ्न लाग्ने समय : ३ मिनेट
  • गोबिन्द पौडेल, दिनेश महत

पौष १०, रोङ ।दैनिक हजारौ युवाहरु बिदेश गइरहेका बेला रोङका युवाहरु गाउँमा स्वरोजगार बन्दै गएका छन । रोङ २ बदमटारका केही युवाहरु ब्यवसायमा लागेका छन् । बिदेशमा धेरै कमाउन सकिन्छ भन्ने सुनेका उनीहरु बिदेश गएको सुमन कार्कीले बताए ।

गाउँमा फर्केर बाख्रा, भैसीका पाडा, हाँस पालन गर्न सुरु गरेको उनको भनाई रहेको छ । कक्षा १२ सम्म पढेर बैदेशिक रोजगारको लागी गएका कार्की फकिएर आए पछि चुनौती कृषीफार्म संञ्चालन गरेका छन् । उनको फार्ममा ७२ बटा बाख्रा ,३०  बटा भैसीका पाडा, हाँस पालन गरेका छन् । बजारको माग अनुसार लोकल कुखुरा समेत पाल्ने तैयारीमा रहेको कार्कीले बताउछन् । ९५ रोपनी जग्गा क्षेत्रफलमा उनीले  ब्यावसाय गदै आएको बताउँछन् ।ए के एक्सट्रा बाख्रा फार्म संञ्चालक कुलदिप खालिङग
सोही गाउँका कुलदिपले ए के एक्सट्रा बाख्रा फार्म खोलेर संञ्चालन गरिरहेका छन् । ३ साल पहिलाबाट उनले ५० भन्दा बढी बाख्रा पालिरहेका छन् । अहिले फार्ममा खरी, बोयर र जमुनापारी जातको बाख्रा रहेका छन् ।  नश्ल सुधारको लागि ९० हजार मुल्य लगाएर बोयर जातको बोका समेत ल्याएका उनले बताए । खसी बनाएर बेच्ने भन्दा पनि नश्ल सुधार गरेर  पाठापाठी बेच्दै आएको उनी बताउँछन् । माग धान्न नसकेको उनको भनाइ रहेको छ । आधुनिक खोर बनाएर बाख्रा पालिरहेका खालिङ नेपाल बाख्रा पालक महासंघको संयोजक समेत रहेका छन् । बिभिन्न रोग र प्राथामिक ज्ञान आफैले जान्नुपर्ने अनुभव रहेको बताउँछन् । सरकारले प्राबिधिक सेवा राम्रो दिन सके बाख्रा पालनको भबिष्य राम्रो रहेको बताउछन् । उता गाउँपालिकाले उनीहरुको मेहनत र परिश्रम देखेर गत बर्ष ५० हजारको दरले आर्थिक सहयाृग गरेको र मेहनती किसानहरुलाई ब्यवसायमा सहयोग गर्न पछि नपर्ने गाउँपालिकाले अध्यक्ष शमसेर राईले बताए  । गाउँपालिकाले सहयोग गरेकाले ब्यवसायमा उत्साह थपिएको खालिङले बताएका छन् ।

सन्त बहादुर राईले यसरी गदै छन् आर आर बंगुर फार्म संञ्चालन
बैदेशिक रोजगारको सिलसिलामा दुबइमा ३ बर्ष बसेर घर फर्किएर एक युवा  बंगुर पालनमा सक्रिय रहेका छन् । छुटीमा घर फर्किएका रोङ  २ बदमटारका सन्त बहादुर तामाङ फर्कने सोच बनाएर आएको बताउछन् । घर आएपछि ब्यावसायिक बन्न सल्लाह पाएपछि गाउँमा नै बंगुरपालन ब्यवसाय रोजेका हुन् । कक्षा १२ सम्मको अध्ययन गरेका तामाङले रोङ गाउँपालिको युवा शसक्तिकरण कार्यक्रमको लागि  गाउँपालिका,ए डब्लु ओ नामका एनजिओ  र मानब अधिकार मञ्च ईलामले आयोजना गरेको सात दिने युवा उद्यमशिलता तालिम लिएपछि  बिदेशको मोह त्यागेर बंगुरपालन रोजेका बताए । बंगुरको बच्चा उत्पादन गर्ने उदेश्यको साथ आर आर बंगुर फार्म दर्ता गरेर संचालन गरिरहेका छन् । आधुनिक तरिकाले खोर बनाएर ब्युरो र हेमसायर जातको  एक बीर सहित सातबटा बंगुर पालेका छन् । २ लाख लगानी गरेर बंगुरपालन गरेको उनि बताउछन् । उनि फर्म बिस्तार गदै लैजाने सोच छन् । बिभिन्न युटुब च्यानल हेर्दा आफुलाई बंगुर पालेर स्वरोजार बन्न सकिन्छ भन्ने लागेको भएपनि गाउँपालिकाले तालिम र सहयोगको अवसर दिएपछि आफु यो पेसामा लागेको उनको भनाइ रहेको छ । सामान्य रोग र औषधी उपचारको बारेमा जानकारी लिनै पर्ने  तामाङको भनाई छ । बंगुरको मलमुत्रलाई ब्यवस्थीत गरेर अर्गानिक तरकारी उत्पादन गर्ने समेत सोचमा रहेको बताउन् ।

यता रोङ गाउँपालिकाले भने युवाहरुलाई स्वरोजगार बनाउन आफुहरु तयार रहेको  गाउँपालिकाका अध्यक्ष शमसेर राइले बताए ।यता गाउँपालिकाले युवा स्वरोजगार बनाउन युवाको माग अनुसार कार्यक्रम गर्ने भएको छ । अहिले वडा नम्बर ३ मा सिताके च्याउ खेती गर्न गाउँपालिकाले सहयोग गरिरहेको बताईएको छ । युवाहरुले कुटीडाँडामा डइभिङग सिक्ने प्रश्ताव भइरहेको अध्यक्ष राईले बताए । गाउँपालिकाले युवासँग सम्बन्धित बृहत कार्यक्रम गर्ने तयारी भइरहेको छ । युवाहरु समाजमा भुमिका बिहिन देखिएकाले रोजगारको साथै सामाजिक रुपमा जिम्मेवार बनाउने गरि युवा लक्षित कार्यक्रम संञ्चालन गर्ने तयारीमा लागेका अध्यक्ष राईले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस