• २०८० चैत्र ३० गते शुक्रवार

श्रोत नखुलेको ४ लाख नगदसहित तीनजना पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

पुस १०, पर्सा । पर्सा प्रहरीले स्रोत खुलाउन नसकिएको चारलाख रकमसहित दुई भारतीय र एक नेपाली नागरिकसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत विहार जिल्ला मोतिहारी पुर्वी चम्पारण रक्सौल वडा नं.१० बस्ने ४४ वर्षीय सुशील कुमार शर्मा र वडा नम्बर ४ बस्ने १८ वर्षिय सरोजनी कुमारी र बिरगञ्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगर स्थित आकृति कस्मेटीक पसलको साहु राज कुमार अग्रवाल रहेका छन्। भारतको रक्सौलबाट बीरगंज तर्फ ना.२९.प.८५९५ नम्बरको मोटरसाईकलमा आउदै गरेका शर्मा र सरोजनीलाई बिरगञ्ज १६ रजत जयन्ती चोकबाट प्रहरीले चेकजाँच गर्नेक्रममा पक्राउ गरेको हो।

पक्राउ परेका उनीहरुको साथमा रहेको चार लाख रकम सम्बन्धी प्रहरीले सोधपुछ गर्दा उनीहरुले बिरगञ्ज १० आदर्शनगर स्थित आकृति कस्मेटीक पसलको साहु अग्रवाललाइ दिन जादैछु भनी बताएका थिए। पछि प्रहरीले अग्रवाललाई समेत खोज तलास गर्दै जाँदा पसलको अगाडी सडकमा घुमफिर गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।

पक्राउ परेका तीनैजनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रतिक्रिया दिनुहोस