• २०८१ बैशाख १३ गते बिहिवार

सशस्त्रका इन्स्पेक्टर र हवलदार घुससहित पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

पौष, १० बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको विष्णुपुराबाट सशस्त्र प्रहरीका प्रहरी निरीक्षक र हवलदार घुससहित रङ्गेहात पक्राउ गरेको छ ।

विष्णुपुरा सशस्त्र  प्रहरी बेस क्यापमा कार्यरत प्रहरी निरीक्षक तेज बहादुर जोरा र सशस्त्र प्रहरी सहायक हवल्दार वीरेन्द्र  प्रसाद चौधरीले रतबाट भन्सार छलेर ल्याएको सामानमा मिलाइदिने भन्दै सेवाग्राहीसँग ६ हजार रुपैयाँ घुस लिदै गर्दा अख्तियारको टोलीले नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

पक्राउ गरेको उनीहरु दुवैलाई अख्यिारको बुटवल कार्यालयमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस