• २०८१ बैशाख १३ गते बिहिवार

जेठाजुद्वारा खुकुरी प्रहार गरि बुहारीको हत्या

पढ्न लाग्ने समय : १ मिनेट

पुस, १० जनकपुरधाम । धनुषामा जेठाजुले खुकुरी प्रहार गर्दा बुहारीको मृत्यु भएको छ ।

 

ईलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार मिथिला नगरपालिका-९ स्थित बडहरीमा जेठाजु श्रीप्रसाद पजियारले खुकुरी प्रहार गर्दा जनकपुरधाम उपमहानगरपालिका-२१ घर भएकी अन्दाजी ३८ वर्षीया रानीदेवी पजियारको मृत्यु भएको हो ।

बुधवार दिउँसोको प्रहरी घटनास्थल पुग्दा रानीको शरिरमा विभिन्न भागमा खुकुरी प्रहार गरी हत्याको प्रयास गरेको थियो, घाइतेलाई तत्काल लालगढस्थित मोडेल अस्पताल लगेको  र  त्यहाबाट प्रादेशिक अस्पताल जनकपुरधाम रेफर गरिए पनि उपचार सम्भव नभएपछि रेफरको तयारी गर्दैगर्दा घाइतेको मृत्यु भएको हो

बयान अनुसार उनको आफ्नै श्रीप्रसादले रिसिबीका कारण खुकुरी प्रहार गरी हत्या गरेको खुल्न आएको छ, तर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । मृतक रानीको श्रीमान मिश्री पजियार रोजगारका लागि विदेशमा छन् ।

 

प्रतिक्रिया दिनुहोस