• २०८० फाल्गुन १० गते बिहिवार

चोरी मुद्दाका अभियुक्त २५ वर्षपछि पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

पौष, १० काठमाडौँ  । लकडी चोरी मुद्दामा फरार भएका एकजना अभियुक्त २५ वर्षपछि पक्राउ परेका छन् ।

बुधबार बाराको कोल्हवी नगरपालिका-३ का गौरी शंकर चौधरीलाई घटना भएको २५ वर्षपछि इलाका प्रहरी कार्यालय कोल्हवीको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

तत्कालीन पुनरावेदन अदालत हेटौंडाको वि.स. २०५० फागुन १९ गतेको फैसलाले चौधरीलाई चोरी मुद्दामा २ महिना कैद र ९२३ रुपैयाँ जरिमाना ठहर गरेको थियो । त्यसपछि उनी फरार भएका थिए ।

चौधरीलाई प्रहरीले जिल्ला अदालत बारामा सजाय भुक्तानीका लागि कारागार पठाएको छ ।

प्रतिक्रिया दिनुहोस