• २०८२ जेष्ठ ३ गते शुक्रवार

इलामको रोङमा स्थानिय तहमा स्थानिय उत्पादनको उपभोग

पढ्न लाग्ने समय : २ मिनेट
  • गोबिन्द पौडेल, इलाम

मंसिर १०, इलाम । बजारमा आर्कर्षक र स्वादिलो खानेकुराको चर्चा परिचर्चा भइरहदा इलामका रोङ गाउपालिका वडा नं ६ ले भने स्थानिय उपभोगको निति लिएका छ ।

वडामा हुने हरेका सार्वर्वजनिक कार्यक्रममा स्थानिय स्तरमा उत्पादन हुने खाध्य बस्तुहरुलाइ खाजाको रुपमा प्रयोग गर्ने गरेको कारण स्थासनय उत्पादनको बिक्रि भएर बजारीकरणमा सहज हुनुको साथै उत्पादनको समेत चर्चा हुने गरेको छ । वडाले गर्ने हरेक कार्यक्रममा स्थानिउ उत्पादनहरु सुन्तला जुनार एबोकाडौको मात्रै हैन उसीनेको स्कुस , फर्सी ,घरतरुल, पिडालुर सिमलतरुल जस्ता बस्तुहरुको खाजा बाड्ने गरेको छ । यति मात्रै हैन वडाले आफ्नो कार्यक्रममा भरसक पुन प्रयोग गर्न मिल्ने थाल , ग्लास नत्र पनि स्थानिय स्तरमा पाइने पातबाट बनेको टपरीमा आगान्तुक र पाहुनाहरुला खाजा खुवाउने गरेको पाइएको छ । जसको लागि स्थानिय महिलाहरुलाइ टपरी बनाउनको लागि अनुरोध गर्ने र त्यसबाफत पारिश्रमीक नै दिने गरेको वडा कार्यलयका कर्मचारी फूर्वा छिरीङ लेप्चाले बताए ।

सुन्दा र पढ्दा अनौठो लाग्न सक्ने यस बारेमा कुरा गर्दा “ गाउमा उत्पादन भएका खाध्य वस्तुहरु यीनै हुन् । पूर्ण आर्गेनिकर स्वस्थ्यकर त छदैछ स्थानिय उत्पादको बजारीकरण र प्रचार समेत हुने जसको कारण स्थानिय किसानहरुको आय आर्जनमा समेत टेवा मिल्ने भएकोल वडामा आउने जुन सुुकै तह र ओहोदाको मानिस भएपनि स्थानिय परिकार नै खुवाउने निति रहेको ” वडाध्यक्ष मनिकुमार तामाङले बताए ।

प्रतिक्रिया दिनुहोस